काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् । सोमबार ट्वीटरमार्फत नेता रावलले नेपाल र चिनियाँ पक्षका कर्मचारीलाई सामेल गराएर स्थलगत अध्ययन गर्न सरकारलाई आग्रह गरेका छन् । ‘हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको…