काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी कामबारे छलफल भएको थियो । महासचिव विष्णु पौडेलसहितको उक्त बैठकमा पार्टी एकताका बाँकी कामबारे गहन छलफल भएको स्रोतले जानकारी…