जुम्ला – चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो । पूर्वराज्यमन्त्री समेत रहेका कुँवरले भनिन्, ‘उच्च ज्वरो आइ पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह…