परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युतगृहको आज स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गरेका हुन् । विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि…