हरिबोल गजुरेलद्वारा माओवादी केन्द्रको उपमहासचिवबाट राजीनामा

काठमाण्डु –हरिबोल गजुरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव पद त्यागेका छन् । १४ साउनमा पार्टी पदाधिकारी बैठकमा पदबाट राजीनामा दिएको लिखित पत्र बुझाएको निकटस्थ स्रोतले जानकारी दियो । पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट भएका ६ मुख्य गल्ती औल्याउँदै लिखितरूपमा पेस गरेको गजुरेलको राजीनामा स्वीकृत नभएको निकटस्थ स्रोतले जानकारी दियो । राजीनामापत्रमा गजुरेलले पार्टी बिग्रनुमा आफू पनि…