काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भारतीय मिडियाले नेपाली मिडियाबाट पाठ सिक्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा अोलीको चरित्र हत्या गरेको भन्दै यसको पाठ नेपाली मिडियाबाट सिक्न आग्रह गरेका छन् । ‘केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद…