काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भेटवार्ता हुने भएको छ । नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार बुझाएको प्रतिवेदनबारे सोमबार बिहान दुवै अध्यक्षबीच छलफल हुन लागेको हो । दुवै अध्यक्षले कार्यदलको सुझावअनुसार छलफल प्रक्रियालाई अगाडि बढाउने भएका हुन् ।…