काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका छन् । अध्यक्षद्वय पशुपती शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँग थापाले आफूलाई कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका हुन् । पार्टी एकताका बाँकी काम थाँती रहेको अवस्थामा थापाले पार्टीभित्र छुट्टै स्थान खोजेका हुन् । स्रोतकाअनुसार थापाको उक्त प्रस्ताव दुवै अध्यक्षले अस्वीकार गरेका…