काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा अशान्ती मच्चाउने भारत भन्दा चीनको मेलमिलापपूर्ण नीति नै ठिक भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटवार्ताको समर्थन गरेका हुन् । उनले भनेका छन्, ‘संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु…