संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय बैठकले गरेको छ । सरकारले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारी समक्ष सिफारिश गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन्…