काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीको बेला कार्यक्रम आयोजना गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रति आक्रोश पोखेका छन् । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघ केन्द्रले काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले ‘बढ्दा जान्ने हुने’ भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘यस्तो बेला बढ्ता जान्ने भइहाल्नुपर्ने ।…