संसदमा मलाई कोर्रा लगाइदिनोस्ः कृषिमन्त्री भुषाल

काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफूलाई सचेत गराउन सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री भुसालले संसदमा आफूलाई ‘कोर्रा’ लगाइदिन आग्रह गरेका हुन् । उनले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले…