गोकर्ण विष्टको पहलमा गुल्मीका स्थानीय तह र अस्पताललाई पिपिई हस्तान्तरण

गुल्मी – गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो । गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टको व्यक्तिगत पहलमा…