सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति गएनन्

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा नगएपछि स्थगित भएको छ । बैठकमा रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा सहभागी भएका थिए । तर राज्य व्यवस्था समितिको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएपनि…