श्रीलंकापछि नेपालमा एमसीसीलाई धक्का, ओली अल्पमतमा पर्दा बढ्यो संकट !

काठमाडौं – गत फागुन ३ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । ओलीको सम्बोधनपछि नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, ‘एमसीसी सम्झौता संसदबाट कहिले पारित हुन्छ ?’ अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीले प्रश्नको सामना गर्नुपरेको थियो ।…