गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको विषयललाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् । शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको बताएका हुन्…