काठमाडौं – बहुचर्चित बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणका अभियुक्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली राजनीति तरङ्गित भएको छ । नेपाली कांग्रेसका उपसभापति, संसदीय दलका उपनेता, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार भ्रष्टाचारमा मुछिएपछि कांग्रेस आक्रोशित बनेको छ । बुधबार मुद्दा दायरको प्रारम्भिक सूचना सार्वजनिक भएलगत्तै असन्तुष्ट कांग्रेसले त्यसपछि भोलिपल्ट बिहीबार प्रतिनिधिसभा…