काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति आपत्ति जनाएको छ । बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा व्यक्तिका नाममा पारेर अर्बौ भ्रष्टाचार गरेको भन्दै तत्कानीन उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा…