काठमाडौं – नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् । आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । भेटमा उनले सभामुख सापकोटालाई…