काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता तथा पुर्वमन्त्री सुनिलबहादुर थापाले आफ्नो राजनीतिक चरित्र हत्या गरेको बताएका छन् । नेता थापाले केही अनलाइन समाचार पोर्टलहरूले निराधार रुपमा समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन् । कपोलकल्पित, भ्रामक तथा एकतर्फी रुपमा आएका ती समाचारहरूको पछाडि नलाग्न थापाले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूसँग अपील गरेका छन् ।…