विप्लवका कार्यकर्ताले गरे आत्मसमर्पण

बागलुङ – नेत्रविक्रम चन्द समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् । बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले आज चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका हुन् ।…