काठमाडौं - नेपाली कांग्रेसभित्र भुसको आगोझैं सल्किरहेको गुटगत विवाद मंसिर १४ गते उपनिर्वाचन सम्पन्न भएपछि छरप्रस्ट भयो । उपनिर्वाचनमा असर पर्ने भनेर गुमसुम पारिएको विवादलाई पौडेल पक्षले सतहमा ल्याए । पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पेश हुनुपर्ने माग गर्दै बैठक बहिष्कार गर्न थालेको पौडेल समूहलाई गलाउन सभापति देउवाले पुस ११ गते बहुमतका आधारमा महाधिवेशनको…