काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई सम्मान गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले उनीहरुलाई बुधबार दिउँसो सवा २ बजे बालुवाटार बोलाएका छन् । सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…