तामाकोसी बस दुर्घटना : थप १ जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

रामेछाप – रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भीरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप १ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो । दुर्घटनास्थलबाट करीब २५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन् ।…