भारतले जारी गरेको नक्साविरुद्ध विप्लव निकट विद्यार्थी प्रदर्शनमा उत्रिए

कञ्चनपुर – भारतले गत साता जारी गरेको नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटिएको विरोधमा विप्लव नेतृत्वको अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको थियो…