काठमाडौं – खानेपानीमन्त्री बीना मगरले तराई–मधेशका जिल्लाका खानेपानीलाई आसेर्निक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिइन् । उनले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम…