काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै गम्भीर आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दाबी पनि गरे । ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन…