आन्तरिक सुरक्षा प्रमुख विषय, प्रहरीमा थप लगानी बढाउन आवश्यक : गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृहमन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन्। सोमबार गृहमन्त्रालयमा २०७५÷७६को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिएका हुन्। बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री…