सरकारसँग ११ बुँदे सहमतिपछि मधेस पुगे डा.सिके राउत

काठमाडौं - स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले सरकारसंग ११ बुंदे सहमति गरेर मधेस पुगेका छन् । उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर…