सुर्खेत - गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधि सरकारले नियन्त्रण गरेरै छाड्ने बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले संचारकर्मीसंग कुरा गर्दै विप्लव समुहका गतिविधि धेरै समय नटिक्ने बताएका हुन् । उनले विप्लवले विध्वंसात्मक गतिविधि गर्दै आएको भन्दै सरकारले शान्ति–सुरक्षाका कायम गर्ने बताए । नेकपाका…