फागुन १५ गते ताप्लेजुङबाट राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ । ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै…