ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

काठमाडौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रभावशाली नेताहरुका क्षेत्रमा विकास गरेर मात्र मुलुकको…