सामाजिक सञ्जालमा मत प्रश्न नगर्न झापा प्रशासनको निर्देशन

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लंघन हुनसक्ने घटनाबारे सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘फेसबूक, यूट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने…