पूरा हुन सकेन सत्यमोहनको ‘त्यो’ सपना

काठमाण्डु – आफ्नी श्रीमती राधादेवीको जीवनी छपाउने सताब्दीपुरुष सत्यमोहन जोशीको सपना अधुरै रहेको छ । आफूभन्दा चार वर्ष कान्छी राधादेवीको जीवनी प्रकाशन गर्न सत्यमोहनले चार वर्षअघि नै केही लेखकहरुलाई अनुरोध गरेका थिए । आफ्नो सफलतामा सधै पत्नीको योगदान रहेको बताउने सत्यमोहनको त्यो सपना भने अधुरै रहन पुग्यो । उनको आइतबार किस्ट अस्पतालमा देशान्त भइसकेको छ…