१८औं दिनमा सुरू भयो बजेटमाथिको छलफल

काठमाण्डु– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेटबारे १८औं दिनमा छलफल सुरू भएको छ । आइतबार रास्वपा र राप्रपाको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका हुन्। रास्वपा, राप्रपा र माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागगर्दै संसद् अवरोध गर्दै आएका थिए…