विदेशमा अलपत्र रहेका ६८७ नेपालीको उद्धार गरियो : परराष्ट्र मन्त्रालय

काठमाण्डु- परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन ‘मोफा मित्र’ एप ल्याउने भएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ‘मोफा मित्र’ आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका हुन् । व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।…