काठमाण्डु - एमाले केन्द्रीय सचिवालयको बैठक शनिबार पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ। शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्तले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। छ घण्टाभन्दा बढी चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल…