काठमाण्डु – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि दर्ता भएका उम्मेदवारहरूको योग्यतामाथि दाबी विरोध गर्न आह्वान गरेको छ । आईतबार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै निर्वाचन आयोगले सूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध गर्न चाहने मतदाताले तोकिएको समय सीमाभित्र निवेदन दिन सक्ने जनाएको छ…