काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्री तथा पूर्वसांसद सोविता गौतमले आसन्न चुनावपछि मधेशको छोरा वालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बन्ने उद्घोष गरेकी छन् । रास्वपाले मधेश प्रदेशको जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जन्मको हिसाबले मधेशको छोरा, कर्मका हिसाबले काठमाण्डुको छोरा र देशको छोरालाई सबैले प्रधानमन्त्री देख्न चाहेको बताइन् । मधेशमा भएका थुप्रै आन्दोलनमा…