लोककल्याणकारी विज्ञापनमा राज्यले वार्षिक करिब ३० करोड रुपैयाँ खर्चं : सञ्चारमन्त्री तिमल्सिना

काठमाण्डु- सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले लोककल्याणकारी विज्ञापनमा राज्यले वार्षिक करिब ३० करोड रुपैयाँ खर्च गरिरहेको बताएका छन्। । तर विज्ञापन वितरणमा चलखेल र दुरुपयोग देखिएपछि हाललाई उक्त प्रक्रिया रोकिएको उनले स्पष्ट पारे। रेडियो सगरमाथाको ३०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले सञ्चारमाध्यमले पाउनुपर्ने विज्ञापन वास्तविक मिडिया र श्रमजीवी पत्रकारसम्म नपुगेको उललेख गरे…