ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले शनिबार साँझ स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभाग भार प्रेषण केन्द्रको निरीक्षण गरेका हुन् । मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रीडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे…