काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नुपर्ने बताए । गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिक लगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि…