काठमाण्डु- विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा शुक्रबार रिट दर्ता गरिएको हो । रिट दर्ता गराउँदै विद्यार्थी संगठनहरुले सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरेका छन्…