काठमाण्डु -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन् तपाईहरू हल्लाको पछि नपर्नुस्, तपाईहरु हाम्रो साझेदार हो।’ सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको…