काठमाण्डु - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई शनिबारदेखि दुईदिने प्रशिक्षण दिँदै छ। रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई शनिबार र आइतबार काठमाण्डुमा प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा दुई दिन संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५…