जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

काठमाण्डु– राजावादीले राजसंस्था पुनर्स्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेका हुन् । बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । उनले आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएकाले कुनै पनि सरकार वा सत्तामा…