बर्दिबास घटनाबारे मानव अधिकार आयोगले सरकारलाई भन्यो: बल प्रयोग नगर्नू

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर प्रर्दशनकारीको मृत्यु भएको घटनामा आपत्ति जनाएको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब खातुनको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई कारबाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । आयोगले प्रदेश २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको…