द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न सरकार सक्रिय : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकार अल्लंघनविरुद्ध सरकार सक्रिय रहेको बताएका छन् । ७१औं विश्व मानव अधिकार दिवसको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारको उल्लंघन हुन नदिन र उल्लंघन भए सोको अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका हुन् ।…