बागलुङ दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं – बागलुङ दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । गम्भीर घाइते अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागी सेनाको हेलिकोप्टरमार्फत पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले काठमाडौको शिक्षण अस्पतालमा ल्याएको हो । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका…