काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रशासन विभाग प्रमुखमा नवराज ढकाल नियुक्त भएका छन् । सहकारी विभागका प्रमुख रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासन विभागको जिम्मेवारी दिइएको महानगरले जनाएको छ । ढकाल विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि लामो समय शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनले सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।…